रोनाल्डो रियल मड्रिडबाट युभेन्टस जादै

२६ असार, काठमाडौं ।

३३ वर्षीय क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छाेडेर युभेन्टस जाने भएका छन् ।

रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो इटली जाने पक्का भएको केही दिनपछि मड्रिडले त्यसलाई औपचारिक पुष्टि गरेको हो । रोनाल्डोले रियल मड्रिडमा रहँदा चार पटक च्याम्पियन्स लिगको उपाधि उचाले ।

उनले क्लबका लागि ४५१ गोल गरे भने ५ पटक बालोन डि’ओर अवार्ड पनि जितेका छन् । उनी २००९ मा म्यानचेष्टर सिटीबाट रियल मड्रिड आएका थिए ।