बिष्णु माझीको मायाको दीप जलाई बजारमा

काठमाण्डौं पुस २८
रेडियो छहारी डट कम
चर्चित लोक दोहोरी गायीका बिष्णु माझी सांगीतिक क्षेत्रबाट टाढा भएको समाचार सार्वजनिक भईरहेको बेला बजार मा अर्को नया गित आएको छ ।

समधुर स्वरमा सजिएको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । म्युजिक ल्याब प्रालिको प्रस्तुतिमा हिरालाल भोम्जनको नयाँ लोक दोहोरी गीत मायाको दिप जलाईमा बिष्णु माझीको आवाजमा रहेको छ भने गायक प्रकाश कटुवालले साथ दिएका छन् ।गीतको शब्द कृष्ण राई बिन्दासको रहेको छ भने लय प्रकाश कटुवालको नै रहेको छ ।

गुरुआमाको निर्देशन सुरेश श्रेष्ठले छायाकन गरेको यस गित लाइ अमर शाक्यले सम्पादन गरेका छन भने गितको भिडियोमा अन्जली अधिकारी , हिरालाल भोम्जन र बिनोद ढकालको अभिनय रहेको छ ।