रेलको भाडा नतिर्दा लोक दोहोरि गायक रन्जित परियारले पाए मायामा धोका

काठमाण्डौं पुस २८
पछिल्लो समय लोक दोहोरी गायक रन्जित परियारको लोक गीत धोका सार्वजनिक भएको छ । केहि महिना अघि मात्र रन्जितको रेलको भाडा गीत बजारमा आएकाे थियो । सोहि गीत को चर्चा सेलाउन नपाउदै फेरि अर्को लोक गीत धोका बजार मा आएको छ ।

गीतले माया प्रेममा बिछोड हुने मायालुको जाडीलाई विषय बस्तु बनाएको छ । गीतमा दिवान किनारको लय, शब्द र संगित संयोजन रहेको छ ।

गीतकाे म्युजिक भिडियाेमा महेन्द्र गौतम, सुष्मिता गिरी, शिशिर पौडेल, रमेश बाबु थापा र अञ्चल शाहीको अभिनय रहेको छ ।
म्युजिक भिडियाेकाे दुर्गा पौडेलले निर्देशन र छायङ्कन गरेका हुन्र भने नबिन घर्तिले सम्पादन गरेका छन ।