निशान भट्टराई र गरीमा केसी आवाज मा रहेको मेरो आँखा’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाण्डौं पुस २५

रेडियो छहारी डट कम

गरीमा केसी र नेपालको पहिलो अन्तराष्ट्रिय गायन रियालिटि शो नेपाल आइडल सिजन १का पहिलो रनर अप भएका निशान भट्टराईको आवाज रहेको गरीमा केसी को प्रस्तुतिमा बजार मा आएको छ । मेरो आँखा। गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ भने शब्द दिग्जै दउरालीको रहेको छ । गीतको म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठको अभिनय रहेको छ ।

अभिषेक श्रेष्ठ कुनै समय चर्चित नेपाली स्टार अनमोल केसीको डुप्लिकेट भन्दै भाइरल भएका व्यक्ति हुन् । उनको थुप्रै अन्तर्वार्ताहरु समेत आएका थिए । अहिले उनले निशानको गीतमा अभिनय गरेका छन् नायिका करिश्मा श्रेष्ठसँग । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन् भने राम प्रसाद चोधरीको सम्पादन रहेको छ ।