एक लाख युवालार्इ नेपालमै राेजगार दिन्छु : श्रममन्त्री विष्ट

२५ असार, काठमाडौं

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले एक लाख युवालाई रोजगार दिने तयारीमा सरकार रहेकाे बताएका छन्।

आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटमाथि राष्ट्रियसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै श्रममन्त्री विष्टले अागामी अार्थिकवर्षभित्र कम्तिमा एक लाख युवालाई रोजगारी दिइने सरकारले तयारी थालेकाे छ’

उनले भने,’युवाहरुलार्इ राेजगारीबारे जानकारी गराउँनलार्इ ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिने छ।’

मन्त्री विष्टले खानेपानी, कृषि, ऊर्जा लगायत विभिन्न मन्त्रालयसँग समन्वयात्मक भूमिका मार्फत मन्त्रालयले रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको र केही दिनभित्रै ७ सय ५३ वटै स्थानीय सरकारमा रोजगारी सिर्जना गरिने व्यवस्थित कार्यतालिका सार्वजनिक गरिने बताए।

मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रहेर रोजगारीको अवसरलाई आधारभूत तहसम्म पहुँच पुर्याउने गरी आन्तरिक रोजगारी सिर्जना गर्ने कार्यक्रम निर्माण भइरहेको बताए।