संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता

काठमाडौं २४ असार

सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भट्टराईलाई साउन १५ गतेभित्र नेपाल आउन निर्देशन दिइएको सञ्चारमन्त्री गोकुल बास्कोटोले जानकारी दिनु भएकाे छ । बैठकले राजदूत नियुक्तिको मापदण्ड पनि बनाएको छ ।

यस्तै भारतीय साना विकास परियोजना कार्यान्वयनका लागि लागि कार्यान्वयन गर्ने निकाय र प्रक्रिया तोक्ने निर्णय भएको छ ।