दुर्गा बिरही, निर्देशक मोडल हुदै उत्कृष्ट गायक सम्म

काठमाण्डाै मंसिर ११, रेडियाे छहारी, जिबन कसैको पनि सहज हुदैन, संघर्ष मान्छेको अनिबार्य भोगाइ हो, मदन कृष्ण, हरि बंश, राम कृष्ण ढकाल, अथबा चन्द्र ढकाल वा अन्य सेलिब्रेटि जो कोहि होस । सफल ब्यक्तिका जिबनी पढिन्छन, खोजिन्छन, तर सफल बन्न हरपल खटेर मिहिनेत गेर्ने ब्यक्तिका जिबनी जो कसैले पनि महत्व राख्दैनन् । त्यसैले त दुनियाले भनेक होला, बलेको आगो ताप्छ दुनिया, निभेको आगो फुकेर ताप्ने कोसिस सम्म पनि गर्दैन त्यस्तै एउटा नाम हो दुर्गा बिरही, सानै उमेरमा जिन्दगिको छानो, अर्थात बुबा गुमायका दुर्गा बिरहिको जिबनीपनि कुनै सेलिब्रेटीको भन्दा कम दर्दनाक छैन, तर पनि उनि छायामै हराइरहेका छन ।

बाबुको निधन पछि आमाको हेरबिचार, बैदेशिक रोजगारको यात्रा, र स्वदेश फिर्ता, बैबाहिक जिबनको सुरुबात, र आफ्नो नौ बर्षकाे  सन्तानको देहावसान, हुदै संगीत यात्रामा प्रबेश गरेका बिरही संघर्षशिल युवाको रुपमा परिचित भै सकेका छन । पछिल्लो समय नेपालमै केहि गर्छु संगीत क्षत्रबाटै भनेर आत्म बिश्वास फ्लिम दर्ता गरि गित संगीतमा लागेका उनि, अहिले मोडेल निर्देशक र गायक हुदै आफुलाइ अगाडी बढाइरहेका छन । आधा दर्जन गितहरुमा आवाज दिइसकेका बिरहीले आउनु सानु घुम्नलाइ गाउ मेरो देखी अहिले उत्कृष्ट गिति एल्बम कोसेली बजारमा ल्यायका छन । गित संगीतमा लाखौ लगानी डुबाइसकेका बिरही आँट र साहासका साथ लागी परेका छन, उनि बताउछन, मेरो मिहेनत खेर जादैन, एक दिन सफल हुनेछु, मलाइ दर्शक र श्रोताले बिश्वास गर्ने बाताबरण बनिरहेको छ । उन्को कोसेली गितले एक रात मै पैतिस हजारको हाराहारिमा भियर्स कमाइसकेक छ, चर्चित गितकार रमेश बि जिका सब्दमा बिरहीको लय र आवाज अनि पि यन सापकाेटा र पार्बती राइको अभिनयमा म्युजिक भिडियो तयार भएकाेछ ।

भिडियाेमा सोभा त्रीपाठी र धार्मेन्द्र बस्नेतलाइ पनि अभिनय देख्न सकिन्छ । गीतकाे एरेन्ज बिनाेद बाजुरालिले गरेका हुन् भने भिडियाेकाे छायङ्कन करन चैसिरले गरेका छन, निर्देशक मौसम हिमाली रहेको उक्त भिडियाे मनोज कार्किले सम्पादन गरेका हुन ।