उमा श्रेष्ठको यसपालीको तिजको गित ’भाइरल बन्यो’

काठमाण्डौ २५ साउन

सुदर्शन प्रसाद आचार्य

नेपालको परिवेशमा बनेका तिजका गितले यतिवेला सबै मिडिया तातेका छन । कलाकारका आम्दानीको बाटो भनेको युटुब हो, त्यहि युटुब पनि बिभिन्न तिजका गितको रंगीचङ्गी नाचले भरिएका छन । कसको कति आम्दानी हुने हो अर्थात कुन गित बढी लोकप्रिय हुने हो त्यो भने हेर्न बाँकी छ । यसपालीको तिजमा भाईरल तीज गित बजारमा उमाले ल्याएकी छिन । कलाकारिताको व्यावसाय संचालन गर्दै आएकी, सिन्धुपाल्चोक स्थायी घर भएकी लोकगायिका उमा श्रेष्ठसंग गरिएको कुराकानी

तिजको गितमा बाजी मारौंला जस्तो गरी बनाइएको नि ?

राम्रै गरुलाँ भनेर गरेको तर अरुलाई उछिन्ने भन्ने सोच हैन । अरुको गित कति राम्रा छन हुन त मेरो सृजना पनि कसैको भन्दा कम त छैन तर पनि सवै श्रोताले मन पराउनु प¥यो नि । समय सान्धर्भिक शब्द र गायकीपन गितमा छ भन्ने प्रतिक्रिया त थुप्रै शुभचिन्तकबाट पाएकि छु । तापनि चाड विशेषको गित भएकोले धेरैको मन जित्न नसकेपनि मेरो पनि तिजको नारी बेदनालाई समेटेर, यथार्थपरक गित बनेकोले आम तिजगित पारखीहरुको मन खिच्न अडियो भिडियोले सहयोग पु¥याउँछ भन्ने लाग्छ ।

मिडियाले कत्तिको सपोर्ट गरेका छन ?

धेरै सपोर्ट गरेका छन , जुन दिनबाट मैले गित सार्वजनिकीकरण अर्थात गित रिलिज गरें त्यस दिनवाट सहयोग निरन्तर पाएकी छु । म्युजिक नेपालबाट प्रचार प्रसारमा अझ थप केहि सहयोग हुने आशा थियो तर धेरै गित यहि तिजको बेलामा आएकोले कसलाई सहयोग गर्ने कसलाई नगर्ने भन्ने होडबाजीको सिकार मेरो गितपनि प¥यो । त्यसैले धेरै गित भएकोले मैले सोचे अनुसार सपोर्ट अलि पाएको छुइन । रेडियो, टिभीमा त पैसा तिरेर प्रोमो बजाउँदा पनि खासै फाइदा हुन छाड्यो त्यसकारण गित पु¥याइदिने बजाउने नबजाउने त मिडियाकर्मीहरुको हातमा निर्भर हुन्छ । जहाँसम्म मेरो गितले न्याय पाएको छ मिडियामा भन्ने लाग्छ ।

मात्र तिजमा, तिजका गित निकालेर गायिका भइन्छ ?

मेरा तिजका गितमात्र छैनन नि, अरु कयैन लोकदोहोरी गितहरु त बजारमा छन । अहिले सम्म गाएका गितहरुमा तिजका गित वाहेकै दुई दर्जन भन्दा बढी गितहरु छन् । तिज बाहेक अन्य चाड विशेषका गितहरु पनि गाउने गरेकी छु । म एक नारी भएकी नाताले तिजको गितमा भने मैलै अझ मेहेनत गरेकी छु । तिजको गित गाएर पनि गायिका त भइन्छ तर मैले भने लोकदोहोरी गितहरु पनि गाएकी छु । तर नारीको खुशी पीडा त तिज कै गितमा समेटिएको हुन्छन नि । संगीतमा स्वर भर्नु नै पर्छ अनि तिजको गित गाएर कसरी गायिका भइन्न त ?

उमा श्रेष्ठलाई रुपकी राम्री भनेर मान्ने कि, धनकी धनी भनेर मान्ने कि स्वरकी धनी भनेर चिन्ने ?

बास्तवमा म त्यति राम्री पनि छैन, म त्यस्तो अथाह सम्पत्ती भएकी धनी पनि होइन, स्वरकी धनी भन्नलाई पनि अरुको गित प्रशस्त गाएकि छैन । मलाई त्यति फुर्सद पनि छैन । म अन्य व्यावसायमा आवद्ध छु । केवल नेपाली मौलिकता बोकेका गित संगीतलाई माया गरेर निरन्तरता दिनुपर्छ । हामीले हाम्रो संस्कृतिलाई जोगाएर आउँदो पुस्तामा हस्तानन्तरण गर्न नसके आफ्नो दायित्व बहन गरेको जस्तो मलाई लाग्दैन । धनले मात्र मान्छे धनी कहलिदैन मानिसमा सहयोगी भावना हुनुपर्छ । नागरिक भएर जन्मेपछि उसले त्यस देशकालागि केहि देन दिनसके राम्रो हुनेथ्यो भन्ने लागेर मैले गायन क्षेत्रमा स्वर दिदै आएकी हुँ । न रुपकी राम्री हो, न म धनकी धनी नै छु, तर गित संगीतको स्वरमा भने यो देशमा म पनि छु ।

गितै गाएर अरु कलाकार अमेरिका वेलायत जस्ता देशमा पलायन भएका छन, तपाइको पालो आएन कि क्या हो ?

मेरो पालो आएको छैन । मेरो सोच पनि छैन । यहि देशमै सघर्ष गर्छु, मलाइ विदेश पलायन हुनु पर्ने छैन । स्वदेशकै माटोले मलाई खानलाउन दिएको छ । विदेशमा गएर चाहिँ के रुखबाट पैसा टिपेर ल्याउने हो र ? त्यहाँ पनि मेहेनत नै गर्नुपर्छ । जब श्रमदान गरेर पसिना चुहाउनै पर्छ भने यहाँ स्वदेशमा गरे के हुन्न र ? मलाई त आफ्नै देशको र मेहेनतको विश्वास लाग्छ । अरुको देशमा गएर जिरोबाट काम गर्न शुरु गर्नुपर्ने । कहिले सिक्नु, कहिले जान्नु, कहिले कमाउनु ? उहि पशुपति शर्माको गित जस्तै मलाई अमेरिका पनि यहिँ जापान पनि यहिँ भन्ने गित जस्तै एकदम सही लाग्छ । विदेश जानेलाई पनि आनन्द छैन जस्तो लाग्छ, त्यहाँ गएर कत्ति सास्ती पाएका घटनाका खवर पनि आइरहन्छन । बरु कार्यक्रममा भाग लिन भने आधिकारीक रुपमा नै बोलाएको खण्डमा विदेश होस या स्वदेश जहाँ पनि जान्छु र गएकी पनि छु । कोही कोही कलाकार भने आफ्नै पैसा खर्च गरेर भएपनि विदेश घुम्न जाने गरेका  पनि छन ।

अर्काको गितको म्युजिक ट्«याकमा गित गाएर कलाकार हुँ भन्नेलाई के भन्नुहुन्छ ?

सकभर अरुको गित गाउनु भन्दा आफ्नै गित गाए राम्रो । धेरै गित संगीतमा भिजेर वा स्वर दिएर मात्र कार्यक्रममा भागलिन जाँदा सायदै कसैलेपनि कुरा काट्ने मौका पाउँदैनन् । म त सकेसम्म आफ्नै मात्र गितहरु कार्यक्रममा भाग लिन जाँदा गाउने गर्छुृ । तर कहिलेकाँही कस्तो अपवाद पर्न आउँछ भने आफूभन्दा सिनियरहरुसंग दोहोरी गाउनु पर्ने हुँदा उहाँहरुले आफ्नै भाकामा गाउनुहुन्छ, त्यतिबेला भने अरुको गित पनि गाउनुपर्ने बाध्यता हुन्छ । अन्यथा कुनैपनि कार्यक्रममा भागलिन जाँदा म आफ्नै मात्र गित गाउने गर्छु ।

कतिजति गित गाउनुभयो कुन कुन देश जानुभयो अहिले सम्म ?

दोहोरी गित मेरा लगभग दुई दर्जन जति पुगेकाछन । अरु गाउने क्रममा रहेकाछन । तिजका र अन्य चाडपर्व विशेषका गितहरु पनि धेरै छन । मलाई त मेरो जीवनको सांगीतिक यात्रामा तिज कै गितले उन्नती गरेको जस्तो लाग्छ । सितारा टलल, मेरो काले अनलाइनमा आको छ, सिताराले भरिएको रातो घुम्टो ओढेर, भदौरे झरी, रातो सारी बुट्टा भरेको जस्ता तिज गितले मलाई राम्रोसंग चिनाउन सफल भएको छ । यि यस्ता गितहरु हिट भएपछि म विदेशका धेरै स्थानमा गएर श्रोतहरुको साँगीतिक तृष्णा मेटाउन सफल भएकी छु । मलेसिया, सिंगापुर, दुबही, कुवेतमा गएर त्यहाँ भएका नेपाली दाजुभाई दिदीवहिनीसंग रमेर आएकी छु । अब यसपाली तिजकै कोसेली लिएर छिट्टै नै जापान र इजरायल जाँदै छु ।

एक महिला त्यसमाथि पनि व्यपारी मान्छे, के घरपरिवारबाट सहयोग पाउनु भएको ?

परिवारको सहयोग विना त यत्रो काम कसरी हुन सक्छ र ? यो त कल्पना पनि गर्न सक्दिन । घर परिवारले मैले नभ्याएको खण्डमा सबै काम सम्हाल्नुहुन्छ । मेरो जस्तो सहयोगी घरपरिवार सबै कलाकारको भैदिएको भए सायद कलाकारिताको क्षेत्रमा महिलाको योगदान पुरुषको भन्दा कमहुने थिएन । तर पनि महिला कलाकारमा कमि आएको भने छैन ।

अन्य व्यावसाय के तपाँइको, जहाँबाट धनलाभ भएर अरुलाई सहयोग गर्न सक्नुभएको , भन्न मिल्छ ?

मेरो आफ्नै सालघारी दोहोरी साँझ छ, जुन कोटेश्वरमा अवस्थित छ । मेरो कमाइले धेरै असहयोगि हातहरुलाई सहयोग गरेकी छु । नयाँ दोहोरी गायक गायिकालाई पनि अवसर दिएकी छु । गायिकाका हैषियतले रहँदा वस्दा कसैले मसंग जवर्जस्ती चन्दा सहयोग मागेका पनि छैनन । बरु मैले नै दीनदुःखी र पीडितलाई सकेको सहयोग गर्दै आएकी छु । जस्तो मृगौला पीडितलाई, अनाथ बालबालिकालाई पढन, खान–लगााउन पनि सहयोग गरेकी छु । गित संगीतमा लागेर त कहिलेकाँही प्रोग्राममा गएको बेलामा केही कमाई हुन्छ । त्यस भन्दा बाहेक युटुबबाट हुने आम्दानी जति दयाले दिन्छन त्यति हात थाप्ने हो । तर राम्रो सृजना भयो भने त आम्दानी पनि राम्रै हुन्छ ।