नेपाली गजलकार संजिता देउजाको गजल गितीसंग्रह ‘मेरो गजल तिम्रो लागि’

१४ वर्षे वेलायत वसाई पछि पनि आफ्नो रुची मर्न नदिने कलाकारको नाम हो संजिता देउजा । गर्दा के हुन्न र भन्ने उदाहरण वनेकी छिन गितकार संजिता । सानै देखि कविता, गजल र मुक्तक मन पराउने स्वभावकी संजिताले आफ्ना कृति गोरखापत्र, मधुपर्क, युवामञ्च जस्ता प्रतिष्ठित पत्र–पत्रिका मार्फत कयैन पाठकको मन जिताउन सफल भएकि थिइन । पाठक वीच सयौं कविता, गजल दिएर पनि अझ ढुकुटी नरित्तियकी उनीमा आज भन्दा करिव ४ वर्ष अगाडि मात्र एक ’क्षितिज’ नामक गितीसंग्रहमा पहिलो सिर्जना पस्किएकी छिन । गायक दिपक थापा द्वारा स्वरवद्ध उक्त गितमा आफ्ना शब्द आम संगीत पारखीका विच ल्याउन पाउँदा खुशिको सिमा नरहेको वताउनु हुन्छ । null
पेशाले नर्श भए पनि स्वभावले कलाकारिता भरिएकि संजिता प्राय वेलायत मै वस्ने गर्नु हुन्छ । राजधानी काठमाण्डौ र अर्को सहर चितवनमा स्कुले शिक्षा हाँसील गर्नु भएकि गितकारले उच्च शिक्षा भने वेलायत मै लिनु भएको छ । आफ्नी फुपु दिदीको प्रेरणाले गजलकार वनेकी रचयिता संजिता पहिलो पटक कक्षा ९ मा अध्यन गर्दा भानु जयन्तीको अवसरमा कविता वाचन गर्दा सान्तवना पुरस्कार प्राप्त गरेको अनुभव वताउनु हुन्छ । गजल तथा साहित्यीक कार्यक्रममा भाग लिन जाँदा आफुले वाचन गरेको गजल सुनेर सवैले वाह ! वाह ! गरेकाले अझ हौसला मिलेर उत्कृष्ट गजल लेख्न सकेकी हुँ भन्नु हुन्छ ।null
४ वर्षको निरन्तरता पछि संजिता देउजाको एक गजल गितीसंग्रह ’मेरो गजल तिम्रो लागि’ हालै मात्र सार्वजनिक भएको छ । सामाजिक परिवेशलाई अध्यन गरेर रचना गरिएको सो गितीसंग्रहमा एरेन्ज किरण कडेंलले गर्नुभएको हो । सत्यराज र स्वरुपराज आचार्यको संगीत रहेको उक्त एल्वममा ८ वटा गजल समाहित रहेका छन । संजिताले विभिन्न समयमा रचना गरेकी गजलमा सत्यराजले ३ वटा, स्वरुपराजले ३ वटा र दिपक थापाले २ वटा गजल गाउनु भएको छ । कारुणिक र भावुक स्वर संगीत र रचनाले भरिएको एल्वममा रहेका सवै गित सुन्नासाथ एक छुट्टै सांगीतिक आनन्द आउने गर्छ । null
पछिल्लो समयमा गितकार संजिता देउजाको वेलायतवाट प्रकासन भएको एक पत्रिकामा ’महक’ नामक २० वटा मुक्तक समेत प्रकाशित भएको छ । मुखले व्यक्त गर्न नसेका कुरा कुनैपनि साहित्यीक विधावाट वा लेख रचनाबाट व्यक्त गर्ने देउजाले नेपाली गित, संगीत तथा भाषा साहित्यलाई पनि उत्तिकै माया गर्ने गर्नुहुन्छ । null
सरल स्वभावकी गजलकार संजिताको ’मेरो गजल तिम्रो लागि’ तपाई हामी संगीत पारखीका लागि अमुल्य उपहार वनेको छ । स्वदेश प्रतिको मोहलाई आत्मासाथ गर्ने यी कलाकारलाई अझ उत्कृष्ट रचना गर्ने प्रेरणा र वल मिलोस रेडियो छहारीको तर्फवाट हार्दिक शुभकामना ।