गाैथली सास्कृतिक परिवार धम्जा बागलुङ तिजिमेलाकाे व्यापक तयारीमा

 

काठमाण्डौ  २३ भदौ,

, केपी कुमार जलन,

सहमती,सहकार्य र एकता माझकटेराकाे पहिचान,कला सस्कृती खेलकुद र विकास हाम्राे अभियान भन्ने मुल नारा सहित २०४७ सालमा जन्म भएकाे गाैथली सास्कृतीक परिवार तथा खेलकुद विकास मञ्च काठेखाेला गाउपालिका वडा नं ३ धम्जा माझकटेराले तिजी मेलाकाे व्यापक तयारी गरेकाे छ ।तिज नजिकिदै जादा स्टेज काे सजावट संगै खेलकुद मैदानलाई सुग्धर वनायकाे छ ,बिगतका बर्षाहरूमा जस्तै यस बर्ष पनि कल्वले तिजिमेला गर्न लागेकाे छ ।कल्वका अध्यक्ष लाेक वहादुर भण्डारीका अनुसार मेलामा बिबिध खेलकुद तथा प्रतियाेगित्माक कार्यक्रमहरू राखियकाे छ।साविक वडा स्तरीय पुरूष भलिवल महिला तिजगित तथा नृत्य एकल लाेक नृत्य ,महिला तान डाेरी ,मेच घुमाई ,महिला छेलाे ,र पूरूष भाले छुने प्रतियाेगिता लगायतका कार्यक्रमहरू संचालन हुँदै छन।कार्यक्रम लाई थप मनाेरञ्जन बनाउन राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल चर्चित गायिका ज्याेति लाेहनी, चर्चित गायक विनाेद भण्डारी, लाेक गायक केपी कुमार जलन, सिङगर बिबि, लाेक गायिका बिन्दु सुनार लगायतका कलाकारहरूकाे वेजाेड सांगितिक प्रस्तुती रहने कल्वका कार्यक्रम संयाेजक कृष्ण बहादुर भण्डारीले जानकारी दिनु भयाे,।