म्याग्दीकाे बेनिमा दी साईनिङ डान्स एकेडेमी सञ्चालनमा

केपी कुमार जलन ,बागलुङ फागुन ८
बागलुङ ,म्याग्दीकाे सदरमुकाम स्थित सुन्दर नगरि बेनीमा दी साईनिङ डान्स एकेडेमी सञ्चालनमा आएकाे छ।बेनि नगरपालिका ८ क्याम्पासचाेक बेनि नान हाउस संगै दक्ष तथा अनुभवी प्रशिक्षकहरू बाट विभिन्न किसिमका नृत्य सम्बन्धी तालिमहरू दिईने भएकाे छ ।बालबालिका युवा युवतीहरू जाे काेहि पनि डान्स सिक्न ईच्छुक भएमा फर्म फाराम भरी प्रशिक्षण दिईने व्यवस्था मिलाईएकाे छ। तालिममा माेडर्न डान्स,कल्चरल डान्स,एराेविक हिपप डान्स,म्युजिक भिडियाे साथै विभिन्न किसिमका नृत्यहरूकाे ज्ञान दिन सकिने डान्स डाईरेक्टर मनिष परियारले जानकारी दिनु भयाे।