मण्डलामा बैशाख ८ गतेसम्म ‘जोखना’ मञ्चन हुने

दस बर्षे द्वन्द्वकालकाे परिवेशमा अाधारीत नाटक जाेखना शुक्रबारदेखी मण्डला नाटक घरमा मञ्चन शुरू भएकाे छ । नाटक बैशाख ८ गतेसम्म मञ्चन हुनेछ ।

अघिल्लो महिना मात्र सम्पन्न पहिलो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएको नाटक ‘जोखना’ पूनः मञ्चन गरीएकाे हाे । कथाकार वियस राईद्वारा लिखित कथा जोखनालाइ साहित्यकार राजन मुकारुङले नाट्य-रुपान्तरण गरेका हुन् भने नाटकलाइ किरण चाम्लिङ राईले निर्देशन गरेका छन् । नाटकमा बिशेष गरेर राई, किरात समुदायको जीवन, सांस्कृतिक संस्कारलाइ पनि देख्न सकिन्छ ।

नाटकमा संगीता थापा, रूपेश लामा, मानहाङ लावती, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली र मणि के. राईकाे अभिनय रहने छ । नाटक सोमबार बाहेक हरेक दिन साँझ सभा ५ बजे मञ्चन हुनेछ भने शनिबार दिउसो १ देखी अतिरित शे पनि मञ्चन हुनेछ ।