बहुचर्चित गायक विष्णु खत्रिको डाँडा काँडाको गित बजारमा

काठमांडौ, १७ चैत्र

रेडियो छहारी डट कम

बहुचर्चित गायक विष्णु खत्रिको नयाँ सांगेतिकि कोशेली डाडा काडाको बोल गीत भर्खर मात्रमा बजारमा सार्वजानिक भएकाे छ, गायक खत्रिको शव्द संगित र आवाजमा रहेको गितमा आवाजमा भने चिनु घर्ति मगरले साथ दिनुभएको छ । गाउको बाटो डोजरले खनेको मायालुले भेट्न आउ भनेको डाडा काडाको, गाउको बाटो छ डाडा काडाको भेट्न जाउभने पाई छ टाढाको साचिकै माया प्रेमकाे एक अन्तरंगलाई टपक्क टिपेर गितकाे सृजना गरिएकाे छ , गलकोटमा जन्मिएर विगत ८ वर्षदेखि जापानलाई कर्मथलो बनाउनु भएका मोडेल थापाले नेपाल आएको समयमा म्युजिक भिडियोमा अभिनय गर्नुभएको हो । चर्चित गायक विष्णु खत्रिको गीतमा आफुले अभियन गर्न पाउदा खुशी व्यक्त गर्दै थापाले अव समय मिलाएर नेपाली अन्य गीतहरुमा पनि आफुलाई मोडेलका रुपमा अगाडि बढ्ने बताउनुभएको छ । उहाँले यस अघि पनि केही नेपाली लोक तथा दोहोरी गीतमा अभिनय गरिसक्नुभएको छ । मरुभुमि नारायणको छायाँकन र रोशन धितालको सम्पादन सहित दिलिप रेग्मीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा मोडेल थापालाई साया भण्डारीले साथ दिनुभएको छ । मैले यस भन्दा अगाडि अभिनय गरेको गीतहरुलाई दर्शकहरुले माया गर्नुभएको छ त्यसरी नै यो गीत लाई पनि माया गरि सुझाव, सल्लाह र प्रतिक्रिया दिनका लागि समेत मोडेल थापाले आग्रह गर्नुभएको छ