प्रराज पौडेलको “तिमीले भन्दा

काठमांडौ, १७ चैत्र

रेडियो छहारी डट कम

अमेरिकामा रहँदै आएकी समाजसेवी तथा गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको ‘तिमीले भन्दा’ बोलको गीतको म्यूजिक भिडियो बजारमा आएको छ । गायक प्रराज पौडेलको आवाजमा समावेश यो गीतमा निल गुरुङको संगीत छ ।
भिडियोमा दर्शकले नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठलाई देख्न सक्नेछन् । भिडियोमा नायिका मिरुना मगर निकै नै आकर्षक देखिएकी छिन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।
यो गीतले विशेषगरि आफ्नी मायालुलाई गाउँमा छाडेर शहरमा निस्कदै गरेको एक यूवाले उसको संझनामा आफूलाई भुलाएको देखाउन खोजिएको छ ।