पल र बर्षा ले गरे यस्ताे ‘बाचा’ भिडियाे सहित

चलचित्र ‘वीरविक्रम २’ को ‘बाचा’ बोलको गीत काठमाण्डौमा एक कार्यक्रम बिच मंगलबार सर्वजनिक गरीएको छ । गीत गायक तारा प्रकाश लिम्बु र दिपा लामाको स्वर रहेको छ । गीतमा सञ्चारकर्मी नरेश भट्टराईको शब्द रहेको भने गायक लिम्बुले संगीत गरेका छन्न ।

गीतको भिडियोमा नायक पल शाह र अभिनेत्री बर्षा शिवाकोटीलाइ देख्न सकिन्छ । गीतको भिडियोलाइ सुदीप बरालले छायांङ्कन गरेका छन् भने बनिष शाहले सम्पादन गरेका छन् । भिडियोमा कोरियोग्रफी कविराज गहतराजले गरेका छन् । जेष्ठ ३ गते देखी प्रर्दशनमा आउन लागेको चलचित्र ‘वीरविक्रम २’लाइ मिलन चाम्सले निर्देशन गरेका छन्न । चाम्स निर्देशित चलचित्र ‘वीरविक्रम २’को कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

नायक पल शाह र अभिनेत्री बर्षा शिवाकोटीको मुख्य भुमिका रहेको चलचित्रमा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा पलले वीर, नाजिरले वीक्रम र वर्षाले बादलको भूमिका निभाएको निर्देशक चाम्सले बताए ।