नेपाली समाजकाे वास्ताबिक घटनामा अाधारित लघू चलचित्र ‘मेराे बाबा’ सार्वजनिक

भूपाल बिश्वकर्मा ।

नेपाली समाजकाे वास्ताबिक घटनामा अाधारित लघू चलचित्र  ‘मेराे बाबा’  युट्युब मार्फत सार्वजनिक भएकाे छ । चलचित्रमा सन्तानको खुशीका लागी अभिभावकको संघर्षलाई देखाउन खोजिएको छ । चलचित्रमा मेराे बाबा शिर्षक कबिता मार्फत छाेरीले अाफ्नाे बाबाकाे बारेमा वर्णन गरेकाे पाइन्छ ।

चलचित्रमा छाेरी पात्रले अाफ्नाे खुशीकाे लागी अाफ्नाे बाबाले गरेकाे दुखलाइ प्रस्तुत गरेकि छिन् । चलचित्रकाे कथाले समाज देखाउने काेशिस गरेकाे छ भने एउटा कबिता भित्र चलचित्रकाे सम्पूर्णा कथा रहेकाे पाइन्छ ।

पछिल्लाे समय गीत संगीत क्षेत्रमा सक्रिय संचारकर्मी सन्तोष देउजा र प्रनिसा बस्नेत अभिनय रहेकाे छ । चलचित्रमा बाबुकाे भूमिकामा संचारकर्मी देउजालाइ र छारीके भूमीकामा बालकलाकार प्रनिसा बस्नेतलाइ देख्न सकिन्छ ।

चलचित्रकाे कथा शावन शर्माले लेखेका हुन भने निर्देशन पनि शर्माले नै गरेका छन् । चलचित्रलाइ बिएस मेकर्स स्टुडियो निर्माण गरेकाे छ । बिकाश गुरूङ्गले छायांकन गरेकाे चलचित्र बारा र मकवानपुर जिल्लामा छायांकन गरिएकाे हाे ।