नायक अनमाेल केसी पहिलाे पटक नेपाली पहिरन ढाकाटोपी र दौरा सुरुवालमा

भूपाल बिश्वकर्मा,

चैत २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत ‘परान’ युट्युब मार्फत सार्वजनिक गरीएकाे छ । गीतकाे भिडियाेमा अनमोललाइ नेपाली पहिरन ढाकाटोपी र दौरा सुरुवालमा देख्न सकिन्छ । सम्भवतः नायक केसीलाइ पहिलो पटक यस्ताे पहिरनमा दर्शकहरूले देख्दै छन् ।

गीतमा आशिष अविरल र अञ्जु पन्तको स्वरमा रहेको छ । आनन्द अधिकारीकाे शब्द रहेकाे गीतमा गायक अविरल अाफ्नै संगीत रहेको छ । अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । सुनिल कुमार थापाले निर्माण गरेका यस चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् ।