छैटाै तंग्राम च्याम्पियनसिप भलिबल तथा बिबिध कार्यक्रम चैत्र २१ गते देखि

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं चैत्र १० रेडियो छहारी डट कम

केपी कुमार जलन

बागलुङ एकता र सहकार्य विकास निर्माणमा हाम्राे गृहकार्य भन्ने मुल मन्त्र बाेकेर स्थापना भएकाे एकता सामाजिक युवा सञ्जालले छैटाै तंग्राम च्याम्पियनसिप भलिबल प्रतियाेगिता तथा बिबिध कार्यक्रम गर्ने भएकाे छ ।

एकता सामाजिक युवा सञ्जाल काठेखाेला गाउपालिका -४ तंग्रामकाे आयाेजनमा छैटाै तंग्राम च्याम्पियनसिप भलिबल प्रतियाेगिता तथा बिबिध कार्यक्रम हुने भएकाे हाे । कार्यक्रम यही चैत्र २१ गते देखी २६ गते सम्म कल्वकाे खेल मैदानमा सञ्चालन हुने अायाेजकले जनाएकाे छ । बिगतका बर्षाहरूमा झै यस बर्ष पनि चैते पर्वकाे रूपमा लिईने चैते दशैलाई लक्षित गर्दे बिबिध कार्यक्रमहरूकाे आयाेजना गरिन लागीएकाे हाे ।

मेलामा वडा स्तरीय भलिबल प्रतियाेगिता, एकल नृत्य, खुला एकल गायन, पुरूष महिला तान डाेरी, अन्धाे निशानी, बुदीचाल, छेलाे, भाले छुने, रत्याैली प्रतियाेगिता पनि हुने अायाेजककाे भनाइ रहेकाे छ ।  साथै कार्यक्रममा साेरठि नाच, स्थानिय झाकी प्रदर्शन, तथा बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ ।