गायिका अमृता नेपाली र राजेश बर्देवाकाे आवजमा चैते दशै समर्पित गित बजारमा

काठमाडौं १७ चैत्र

केपि कुमार जलन
चैते दशै नजिकिदै गर्दा बागलुङमा मेलाकाे पनि भब्य तयारी मात्र हाेईन चैते दशै समर्पित गित जाउ है बागलुङ जाउ चैते दशै मेलामा नाच्न गाउन जाउ बाेलकाे गित बजारमा आएकाे छ ।नेपालकाे नक्सा जस्तै भनेर चिनिने बागलुङ जिल्ला यसैमा जिल्ला सदरमुकाम देखि नजिकै रहेकाे बागलुङ कालिका भगवती मन्दिरमा बिगतका बर्षा देखि नै चैते दशै मेला लाग्ने गर्छ।केही बर्ष देखि कालिका भगवती गुठिले निरन्तर मेलाकाे आयाेजना गरेकाे छ । यही माैका छाेपेर कलाकारहरूले पनि थुप्रै गितहरू बजारमा ल्याई सकेका छन भने यसै बर्ष पनि भगवती गुठिका अध्यक्ष राजु खड्काले चैते दशै सम्बन्धी तयार पारेकाे गित बजारमा सार्वजानिक गरिएकाे हाे ।लाेक प्रिय गायिका अमृता नेपाली र गायक राजेश बर्देवाकाे आवजमा कालिका भगवती गुठिका अध्यक्ष राजु खड्काकमे शब्दमा रहेकाे यस गित राजेश बर्देवाकाे संगित र परिकल्पनामा तयार भएकाे थियाे।गितकाे भिडियाे स्पस्ट खबर मिडियाकाे युटुब च्यानल बाट सार्वजानिक गरिएकाे छ भने सम्पादन अनिल बिष्ट र छाँयाङकन बिरेन्द्र परियारले गरेका छन।