“ख्याल ख्यालमै पिरती” सार्वजनिक

श्रीधर अधिकारी र धर्मराज खतिबाडको “ख्याल ख्यालमै पिरती” बोलको गीत सार्वजनिक भएको छ । मायाँ पिरतिमा आधारित गीतमा गायक श्रीधर अधिकारी र गायिका पूर्णकला विसीको स्वर रहेको छ ।

गीतकाे म्युजिक भिडियाेमा राजेश भण्डारी, मेनुका थापा, बिक्रम राना र सुष्मिताकाे अभिनय देख्न सकिन्छ । गीतको लय र शब्द बिष्णु सिंजालीमगरको रहेकोछ ।

गीतमा स्याङजा र धादिङका ठिटा ठिटि भेट भएर माया जालमा फसेको कुरा प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोकाे छायांकन, सम्पादन दिपक श्रेष्ठले गरेका छन् भने भिडियाे निर्देशन पनि श्रेष्ठले नै गरेका हुन् । गीतलाई राशिका डिजिटलले बजार व्यवस्थापन गरेको छ।